tag:blogger.com,1999:blog-77730458466902263592024-03-06T00:47:19.935-08:00जालपाजालपा गाउँको बारेमा जानकारी दीने उदेस्यले यो ब्लग बनाइएको छ । यस् ब्लगमा जालपाको सामान्य चीनरी, जालपाको जीवन, जालपाको समाचार, बिचार र जालपा सम्बन्धी बिबिध सामग्रीहरु नियमित प्रकासित हुनेछन । यस्लाई सहयोग गर्नु हुनेछ भन्ने विश्वाश छ ।jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-7773045846690226359.post-27593807715570496772009-09-14T01:11:00.001-07:002009-09-24T17:58:53.847-07:00जालपाका चाडपर्वहरु१. नयाँ वर्ष ः
नेपालीहरुको लागि नयाँ वर्ष आम चासोको विषय रहेको छैन । सहरी क्षेत्रमा जनवरीमा मनाइने अंग्रेजी महिनाको नयाँ वर्षले राम्रै स्थान ओगटेको भएपनि नेपाली गाउँहरुमा प्राय ः नयाँ वर्षको कुनै महत्व रहेको देखिदैन । तर जालपामा बैशाख १ गतेको आफनै प्रकारको महत्व स्थापित भइसकको छ । यो दिनलाई जालपाका सबे मानिसहरुले ठुलो पर्वका रुपमा स्वीकार गरेका छन् । यो दिनलाई पर्वका रुपमा मनाउन जालपाका मानिसहरुले धेरै अघिदेखि शुरु गरेका हुन् । हाल यो दिनमा जालपाका मानिहरु उमेर र मन मिल्ने समूह बनाई सुन्दर रुपाकोट लगायत स्थानीय मनोरञ्जन स्थलहरुमा वनभोज जाने र अन्य रमाइलो कार्यहरु गरी नयाँ वर्ष मनाइने गरिन्छ । जालपाको नयाँ वर्ष विशेष स्मरणीय हुने गर्दछ । गएको वर्षका दुःखहरु, खुसीहरु, उपलब्धी र नोक्सानीहरुको समीक्षा गर्ने र आउदो वर्षका लागि जोस जाँगर समेट्ने मुल उद्देश्य रहेको यो नयाँ वर्षको चाडमा मिठो मसिनो खाने, पाहुना पाछा बोलाउने, वनभोज जाने, नाच्ने गाउँने लगायतका मनोरञ्जनात्मक कार्यक्रम अघिल्लो वर्षको मसान्तको बेलुकादेखि १ गते बैशाखको राती पुरै र २ बैशाख विहानसम्म गरिन्छ । अघिल्लो मसान्त बेलुकी सामान्य खानपान र रमाइलो गर्दै रातको १२ बजाइन्छ । रातको १२ वजेको समयमा विशेष समारोह बीचमा पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गरिन्छ । यस अगावै पुरानो वर्षको समीक्षा समाप्त भइसकेको हुन्छ । नयाँ वर्षको स्वागत पछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ । यसपछि नयाँ वर्ष प्रवेशको खुशीयालीमा खाने पिउने गरिन्छ । जालपाको रुपाकोट यस क्षेत्रको सबैभन्दा आकर्षणको क्षेत्र हो, नयाँ वर्षका लागि । यो ठाउँ लगायत जालपामा नयाँ वर्ष मनाउन अन्यत्रबाट आउनेहरुको संख्या उल्लेख्य रहने गरेको छ ।
२. बौद्ध जयन्ती (बुद्ध पूर्णिमा) ः
जालपाका लागि बौद्ध जयन्ति विशेष महत्व राख्ने चाड हो । जालपामा किरात, बौद्ध र हिन्दु धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । यो दिन बौद्ध धर्मावलम्वीहरुले बुद्धको जन्म दिवशका रुपमा मनाउछन् । उनीहरुको लामाले विशेष पुजा आराधना गर्दछन् । किरात र हिन्दु समुदायले भने यो दिन देवीको पूजा आराधना गर्दछन् । जालपामा रहेका सबै देवीहरुको पूजा यो दिन गरिन्छ । किरातहरुको उभौल पर्वको पनि यो दिन नै औपचारिक शुरुआत हुन्छ । उभौली पर्व किरातहरुको सबैभन्दा ठुलो पर्व हो । यस दिन जालपामा देवीको पुजा गरेपछि यो पर्वको औपचारिक शुरुआत हुन्छ । देवीको पुजा ढल्ने वित्तिकै जालपामा बाधा शुरु हुन्छ । बाधा भन्नाले एक प्रकारको निषेध हो । यो बाधा भएको बेला जमिन खनजोत गर्नु हुँदैन । यो बाधा भुमीको पुजा सकेर बालीको पुजा गरेपछि मात्र खुला हुन्छ ।
३. भूमे पुजा ः
भूमे पुजा भनेको जमिनको पुजा हो । साकेला, सकला, साक्केवा आदि नामले पनि यसलाई सम्बोधन गरिन्छ ।यो भुमे पुजा किरात राई समुदायका लागि सबैभन्दा धेरे महत्व राख्ने पुजा हो । बञ्छर (साकेला) नाँच नाँचेर मनाइने यो पर्व नै वास्तवमा किरात राईहरुको मौलिक पर्व पनि हो । यो दिन विशेष समारोह हो जालपाको । विभिन्न ठाउँमा रहेका भुमेथानहरुमा बेग्ला बेग्लै दिन जमिनको पुजा आराधना गरेर भूमेपुजा सम्पादन गरिन्छ । वार्ड नं ८ जालपामा रहेको भूमेथानमा बुद्ध पुर्णिमाका दिन, वार्ड न.९ मा रहेको भुमेथानमा पूर्णिमाको भोलिपल्ट परेवाका दिन, वार्ड नं. ५ मा रहेको भुमेथानमा पूर्णिमाको पर्सिपल्ट अर्थात द्वीतीयाका दिन र खार्मी १, साब्रूमा रहेको भुमेथानमा त्रीतीयाका दिन पुजा हुन्छ भने खार्मीको पुजाको निश्चित दिन पूर्णिमाका दिन गर्ने देवी पूजामा नै निधो गर्ने चलन रहेको छ । जालपा गाविस र यसका छिमेकी गाविसहरुमा गरिने सबै पूजामा मानिसको भिड लाग्ने गर्दछ ।

उभौलीको भूमेपूजा विधिपूर्वक नागिरेले सेउली गाडेर शुरु गरिन्छ । सेउली इसिलिम (एक प्रकारको कटुस) को लिङ्गो गाडेर शुरु गरिन्छ । सेउली गाडेर शिली नाँचेर विधिवत शुरु भएको भूभेपुजा औपचारिक रुपमा पुजाको भोलिपल्ट शिली राखे पछि सकिन्छ । शिली राख्नु भनेको अब अर्को साल विधिपूर्वक पुजा गर्ने बाचाका साथ पुजाको समापन हो ।

भूमेपूजाको दिन बिहानै बाटो खनेर, भूमेथान सफा गरेर पूजाको तयारी गरिन्छ । खासखास पाछाको र खास खास स्थानमा सेउली गाडेको घरमा भेला भई एक ठाउमा फेरि जमघट भएर भूमेथानमा गई पुजा गर्ने गरिन्छ । ढोले र मसुमेहरु साथ धामी, नोक्छो, नागिरेहरुले चोखो जाँड, अदुवा, चामलले पुजा गर्दै भूमेथान ३ पटक परिक्रमा गरी प्रवेश गरिन्छ ।jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-87161791774257977822009-09-11T20:40:00.000-07:002009-09-11T20:45:54.244-07:00जालपाको सामान्य चिनारीनेपालको पूर्वी पहाडमा रहेको खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपाको पहिचान र परिचय एउटा गाविस क्षेत्रमा सिमित नरहेर यसले त्यस भेगका अन्य गाविसको क्षेत्रलाई पनि
समेट्न थालेको छ । जालपाको विकास प्रयास र गरिमा बृद्धिमा त्यसैले यस भेगका जनताको ब्यापक सहभागिता हुन थालेको छ । त्यसो त २०१७ सालमा पञ्चायती ब्यववस्थाको सरुआत भएयता यस गाविसको नाम र आकार पटक पटक परिवर्तन भएको थियो । शुरुमा हंचुर गाविससँग सँगै भएकाले यस गाविसलाई पनि हंचुर नै भनेर चिनिन्थ्यो । २०२४ सालमा हालको जालपा गाविसको सिमाना नै कायम रहेको ससर्का पञ्चायत बनेको थियो । फेरि २०३२ सालमा यो तात्कालीन दारेगौंडा पञ्चायतसँग गाभिएर सप्तेश्वर पञ्चायत बन्यो । लगभग त्यसको छ वर्षपछि २०३८ सालमा मात्र सप्तेश्वर पञ्चायतबाट अलग भएर जालपा पञ्चायत बन्यो । २०४६ को पञ्चायतको अन्त्य पछि हालको जालपा गाविसको रुपमा यो अस्तित्वमा आएको हो । यस जालपा गाविसको नाम वार्ड नं. ५ मा रहेको जालपा देवीको नामबाट यसको नामबाट यस गाविसलाई जालपा नामाकरण गरिएको हो ।
जालपा र यसका छिमेकीहरु ः जालपा गाविसको पूर्व खार्मी गाविस, पश्चिम हंचुर गाविस, उत्तरमा सप्तेश्वर र माक्पा गाविस र दक्षिणमा हंचुर गाविस यसका छिमेकी गाविसहरु हुन् ।

जालपा पञ्चायत कालभरीका प्रधानपञ्च र उपप्रधानपञ्चहरुको नामावली

क्र.सं. प्रधानपञ्च उपप्रधानपञ्च
नाम ठेगाना नाम ठेगाना
१ जनक राई जालपा ५ विक्रमणी राई जालपा ९
२ विक्रमणी राई जालपा ९ कटकबहादुर राई जालपा ३
३ बिक्रमणी राई जलापा ९ कर्मु राई जालपा ९
४ रामबहादुर राई जालपा ९ प्रेमबहादुर राई सप्तेश्वर
५ कुबिर राई जालपा ९ भीमबहादुर राई जालपा ५
६ कुबिर राई जालपा ९ कालीबहादुर राई जालपा ३
श्रोत ः जालपा गाविस २०५७

२०५० को दशक सुरु भइसक्दा समेत खोटाङ जिल्लाको ७६ गाविस मध्ये जालपा गाविस पनि एक हो भनने कुरा पनि थोरै छरछिमेकका मानिसहरुलाई मात्र थाहा थिया । जालपाका मानिसले परिचय दिनु पर्दा खामी, हंचुर, बाक्सिला वा ऐसेलुखर्क मध्ये कुनै एकको नाम लिएर त्यसैको छिमेकमा भन्नु पर्दथ्यो । तर अहिले जालपाले छुट्टै चिनारी निर्माण गर्न सफल भएको छ, जालपा । जालपा आज युवाहरुको एकता र शिक्षितहरुको कर्मथलोको रुपमा परिचित हुन पुगेको छ ।jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-31742392683102560962009-08-30T01:52:00.000-07:002009-08-30T01:56:11.567-07:00जालपाका धार्िमक स्थल्हरू
१, कान्छी साल्पा : जालपा वार्ड नम्बर १ ताली
२, देबीथान : वोडा नम्बर १ मा २, वोडा नम्बर २ मा २, वोडा नम्बर ३ मा १, वोडा नम्बर ४ मा १, वोडा नम्बर ५मा १, वोडा नम्बर ६मा १, वोडा नम्बर ७मा १, वोडा नम्बर ८ मा १ वोडा नम्बर ९ मा २
३, सीद्ध थान : वोडा नम्बर १ छिप्ती
४, कृष्ण मन्दीर : वोडा नम्बर २, लामर्खु
jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-60068905627368544052009-08-30T01:17:00.000-07:002009-08-30T01:20:03.580-07:00जालपा तपाइको हार्दिक स्वागत गर्दछ
कसरी जाने ?
१. एअरपोर्ट (हवाइ मैदान) लामीडाँडाबाटः १९ किलोमिटर पूर्व
२. खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट ः ११ किलोमिटर उत्तर
३. खोटाङकोसुदुर उत्तरी बजार ऐसेलुखर्कबाट ः ८ किलोमिटर दक्षिण
५. उदयपुर जिल्लाको कटारी बजारबाट ः ४ दिनको पैदल यात्रा
६. उदयपुरको घुर्मीबाट ः २ दिनको पै्रदलबाटो
७. उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट ः ४ दिनको पैदलबो उत्तर
८. सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट ः ४ दिनको पदैदल यात्रा दक्षिण
९. प्रसिद्ध नाम्चे बजारबाट ः ४ दिनको पैदल यात्रा दक्षिण
१०. भोजपुर जिल्लाको सदरमुकामबाट ः २ दिनको पैदलयात्रा पश्चिम
११. ओखलढुङाबाट ः २ दिनको पैदल यात्रा पूर्व दक्षिण
१२. प्रसिद्ध हलेसीबाट ः २१ किलोमिटर पूर्व

jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-1920457092191186432009-08-29T08:17:00.000-07:002009-08-29T08:39:48.720-07:00जालपाको सुनाखरीjaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-80274703286732502812009-08-26T23:23:00.000-07:002009-09-13T04:44:39.685-07:00जनसंख्या
जालपा गाउँ बिकास समिती आधारभुत रुपमा राइ गाउँ हो । तर यो गाउँमा तमाङ, गुरुङ, नेवार, सन्यासी, कामी, दमाइ र सार्कीको समेत बसोबास रहेको छ . जनसंख्याको अवस्था तल उल्लेख भए बमोजिम रहेको छ ।

जालपा गाउँ विकास समितिको जनसंख्या ः ३१५४ >ोत ः जालपा गाविस २०५७)

क. जातिगत विवरण

१= राई ः १९३२
२= नेवार ः ६०८
३= तामाङः २७८
४= कामी ः १६३
५= गुरुङ ः ९९
६= दमाई ः ४८
७= सन्यासी ः १५
८= सार्की ः ७

ख= लिङ्गत

१= महिला ः १५५५, २= पुरुष ः १५९९

jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-83878659980200708132009-08-26T04:42:00.001-07:002009-08-26T04:45:05.791-07:00जुनको खबरजुनको सिमाना सकिएपछि
सहरको सिमाना शुरु हुन्छ ।
तर, तिमीले कति निर्दोष प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ००

ब्ल्याकहोल हो सहर,
छेउमा पर्ने सबै गाउँले बैशलाई
यसले कहिल्यै ननिस्कने गरी निलेको छ
र आºनो हराएको सन्तान पर्खेर बसेको
निरिह र दुःखी गाउँलाई
यसले सधै सधैलाई उपेक्षा पालेको छ ।
सितलतामा पो हुन्छ जुन,
विशालतामा पो हुन्छ जुन,

जुनको यात्रा सकिएपछि
सहरको अस्तित्व शुरु हुन्छ ।
तर, तिमीले कति अबुझ प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ००

गाउँमा पो
बेशीबाट दोहोरी गाउँदै,
पराल बोक्नु पर्ने भएकाले
राती राती पर्म खेलेर इ्त्तरिदै
नरुवा काट्न पर्ने भएकाले
वा रोटे र लिङ्गे पिङमा मच्चिदै
माया पिरती साट्नु पर्ने भएकाले
जुन चाहिन्छ, जुनको महत्व छ,।
विजुली बत्तिमा
सर्वाङ्ग नाङ्गो बनाएर आमाको नाच हेर्ने सहरलाई
दोहोरीमा मायाको होइन नोटको गीत गाउने सहरलाई
किन जुन चाहिन्छ र जुनको के महत्व छ र ?
जुन प्रकृति हो कृतिमता विहिन
जुन समता हो अन्याय विहिन

जुनको संसार सकिएपछि
सहरको आकार शुरु हुन्छ ।
तर तिमीले कति निश्चल प्रश्न ग¥यौं
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ००

औंसी पुर्णे बार्नु पर्नेलाई
दश नङ्ग्री खियाएर भोकै बस्नु पर्नेलाई
आदेश पालना गर्नु पर्ने हामी शासितलाई
दलितलाई, उत्पिडितलाई
जुन चाहिन्छ
जुन हाम्रो धर्म हो, जुन हाम्रो देउता हो
जुुन नहुने हो भने
हाम्रा सबै रातहरु अध्यारा हुन्छन् ?
हामी र हाम्रा गोरुहरुले
कहिल्यै विश्राम पाउदैनन्ं ।

रात दिन हर समय उज्यालोमा हुनेलाई
शासनको आदेश दिनेहरुलाई
अघाएकाहरुलाई
जुन किन चाहिन्छ र ?

जुन अभावको सात्वना हो,
जुन दमितको साथी हो,

जुनको आस्था सकिएपछि
सहरको आवश्यकता शुरु हुन्छ ।
तर तिमीले कति मायालु प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ०० ००

तिम्रो जुन सहरमा छैन
कतै उतै होला
गाउँमा नै खोज ।
सुन, सहरले गिज्याउला है
यो निर्मोहीसँग
जुनको खबर नसोध ।
२०६५ भदौ १० काठमाडौं ।jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0tag:blogger.com,1999:blog-7773045846690226359.post-54606215373466651832009-08-24T00:34:00.000-07:002009-08-24T00:55:46.236-07:00मेरो गाउँअलिकति बैंश नुन खेप्न बेल्टार झरेको छ,
अलिकति बैंश सुन खोज्न अरब पसेको छ ।
मात्र बुढा बुढीहरु रित्ता घर कुरिरहेछन्,
घर कुर्ने नाममा आफ्नै काल कुरिरहेछन् ।

र केही अपाङ्गहरु छन्,
केही असहायहरु छन्,
मेरो गाउँमा,

धेरै पहिला,
समृद्धि खोज्न हिंडेको छाती,
उ बेलैमा,
भविष्य जोगाड गर्न हिंडेको ताँती,
नफर्केको कथा मात्रैछ, गाउँमा,
विछोडको ब्यथा मात्रै छ गाउँमा ।
०० ०० ००
काइला देशीले
पहिल्यै खोरण्डो खुट्टो र डुढो हातमात्र बाँकी राखेर
लडाइमा पाएको बहादुरीको तक्मा बेचेर
मासु खा’को ऋण तिर्नु प¥यो ।
पूलमायाले,
पहिल्यै अनन्त अनिश्चितता र जीवनको एक्लोपना मात्र बाँकी राखेर
बैधव्य कबुल्दै सिउँदो पुछेर आफ्नै
अंग्रेजले ला’को गुन तिर्नु प¥यो ।
खै के बाँकी छ र गाउँमा ?
खै के रह्यो र गाउँमा ?
०० ०० ००
अलिकति पोथी बैंशहरु
पोहोरैमात्र सिमाना काटी सकें
हिन्दुस्थानको बाटो लागी सके
अलिकति भाले बैशहरु
शहरले करप्प चपाइ सके ।
यस्तो भए पछि,
जीवन जे थियो त्यो नभए पछि,
के हुनु र गाउँमा ?
के रहनु र गाउँमा ?
अलिकति अपुत्रो धरती छ, बाझै
अभाव छ, पिडा छ, ताजै,
समृद्धिको सम्झना पनि छ,
धेरै त गतिहिनता छ,
मुर्दा शान्ति छ मेरो गाउँमा
त्यसैले मर्दा मलामी पाइदैन,
बाच्नेको जन्ति जानै पर्दैन ।
०० ०० ००jaalapaahttp://www.blogger.com/profile/05248086398934553960noreply@blogger.com0