Friday, September 11, 2009

जालपाको सामान्य चिनारी

नेपालको पूर्वी पहाडमा रहेको खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपाको पहिचान र परिचय एउटा गाविस क्षेत्रमा सिमित नरहेर यसले त्यस भेगका अन्य गाविसको क्षेत्रलाई पनि
समेट्न थालेको छ । जालपाको विकास प्रयास र गरिमा बृद्धिमा त्यसैले यस भेगका जनताको ब्यापक सहभागिता हुन थालेको छ । त्यसो त २०१७ सालमा पञ्चायती ब्यववस्थाको सरुआत भएयता यस गाविसको नाम र आकार पटक पटक परिवर्तन भएको थियो । शुरुमा हंचुर गाविससँग सँगै भएकाले यस गाविसलाई पनि हंचुर नै भनेर चिनिन्थ्यो । २०२४ सालमा हालको जालपा गाविसको सिमाना नै कायम रहेको ससर्का पञ्चायत बनेको थियो । फेरि २०३२ सालमा यो तात्कालीन दारेगौंडा पञ्चायतसँग गाभिएर सप्तेश्वर पञ्चायत बन्यो । लगभग त्यसको छ वर्षपछि २०३८ सालमा मात्र सप्तेश्वर पञ्चायतबाट अलग भएर जालपा पञ्चायत बन्यो । २०४६ को पञ्चायतको अन्त्य पछि हालको जालपा गाविसको रुपमा यो अस्तित्वमा आएको हो । यस जालपा गाविसको नाम वार्ड नं. ५ मा रहेको जालपा देवीको नामबाट यसको नामबाट यस गाविसलाई जालपा नामाकरण गरिएको हो ।
जालपा र यसका छिमेकीहरु ः जालपा गाविसको पूर्व खार्मी गाविस, पश्चिम हंचुर गाविस, उत्तरमा सप्तेश्वर र माक्पा गाविस र दक्षिणमा हंचुर गाविस यसका छिमेकी गाविसहरु हुन् ।

जालपा पञ्चायत कालभरीका प्रधानपञ्च र उपप्रधानपञ्चहरुको नामावली

क्र.सं. प्रधानपञ्च उपप्रधानपञ्च
नाम ठेगाना नाम ठेगाना
१ जनक राई जालपा ५ विक्रमणी राई जालपा ९
२ विक्रमणी राई जालपा ९ कटकबहादुर राई जालपा ३
३ बिक्रमणी राई जलापा ९ कर्मु राई जालपा ९
४ रामबहादुर राई जालपा ९ प्रेमबहादुर राई सप्तेश्वर
५ कुबिर राई जालपा ९ भीमबहादुर राई जालपा ५
६ कुबिर राई जालपा ९ कालीबहादुर राई जालपा ३
श्रोत ः जालपा गाविस २०५७

२०५० को दशक सुरु भइसक्दा समेत खोटाङ जिल्लाको ७६ गाविस मध्ये जालपा गाविस पनि एक हो भनने कुरा पनि थोरै छरछिमेकका मानिसहरुलाई मात्र थाहा थिया । जालपाका मानिसले परिचय दिनु पर्दा खामी, हंचुर, बाक्सिला वा ऐसेलुखर्क मध्ये कुनै एकको नाम लिएर त्यसैको छिमेकमा भन्नु पर्दथ्यो । तर अहिले जालपाले छुट्टै चिनारी निर्माण गर्न सफल भएको छ, जालपा । जालपा आज युवाहरुको एकता र शिक्षितहरुको कर्मथलोको रुपमा परिचित हुन पुगेको छ ।

No comments:

Post a Comment