Sunday, August 30, 2009

जालपाका धार्िमक स्थल्हरू


१, कान्छी साल्पा : जालपा वार्ड नम्बर १ ताली
२, देबीथान : वोडा नम्बर १ मा २, वोडा नम्बर २ मा २, वोडा नम्बर ३ मा १, वोडा नम्बर ४ मा १, वोडा नम्बर ५मा १, वोडा नम्बर ६मा १, वोडा नम्बर ७मा १, वोडा नम्बर ८ मा १ वोडा नम्बर ९ मा २
३, सीद्ध थान : वोडा नम्बर १ छिप्ती
४, कृष्ण मन्दीर : वोडा नम्बर २, लामर्खु

जालपा तपाइको हार्दिक स्वागत गर्दछ


कसरी जाने ?

१. एअरपोर्ट (हवाइ मैदान) लामीडाँडाबाटः १९ किलोमिटर पूर्व
२. खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट ः ११ किलोमिटर उत्तर
३. खोटाङकोसुदुर उत्तरी बजार ऐसेलुखर्कबाट ः ८ किलोमिटर दक्षिण
५. उदयपुर जिल्लाको कटारी बजारबाट ः ४ दिनको पैदल यात्रा
६. उदयपुरको घुर्मीबाट ः २ दिनको पै्रदलबाटो
७. उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट ः ४ दिनको पैदलबो उत्तर
८. सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट ः ४ दिनको पदैदल यात्रा दक्षिण
९. प्रसिद्ध नाम्चे बजारबाट ः ४ दिनको पैदल यात्रा दक्षिण
१०. भोजपुर जिल्लाको सदरमुकामबाट ः २ दिनको पैदलयात्रा पश्चिम
११. ओखलढुङाबाट ः २ दिनको पैदल यात्रा पूर्व दक्षिण
१२. प्रसिद्ध हलेसीबाट ः २१ किलोमिटर पूर्व

Wednesday, August 26, 2009

जनसंख्या

जालपा गाउँ बिकास समिती आधारभुत रुपमा राइ गाउँ हो । तर यो गाउँमा तमाङ, गुरुङ, नेवार, सन्यासी, कामी, दमाइ र सार्कीको समेत बसोबास रहेको छ . जनसंख्याको अवस्था तल उल्लेख भए बमोजिम रहेको छ ।

जालपा गाउँ विकास समितिको जनसंख्या ः ३१५४ >ोत ः जालपा गाविस २०५७)

क. जातिगत विवरण

१= राई ः १९३२
२= नेवार ः ६०८
३= तामाङः २७८
४= कामी ः १६३
५= गुरुङ ः ९९
६= दमाई ः ४८
७= सन्यासी ः १५
८= सार्की ः ७


ख= लिङ्गत

१= महिला ः १५५५, २= पुरुष ः १५९९

जुनको खबर

जुनको सिमाना सकिएपछि
सहरको सिमाना शुरु हुन्छ ।
तर, तिमीले कति निर्दोष प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ००

ब्ल्याकहोल हो सहर,
छेउमा पर्ने सबै गाउँले बैशलाई
यसले कहिल्यै ननिस्कने गरी निलेको छ
र आºनो हराएको सन्तान पर्खेर बसेको
निरिह र दुःखी गाउँलाई
यसले सधै सधैलाई उपेक्षा पालेको छ ।
सितलतामा पो हुन्छ जुन,
विशालतामा पो हुन्छ जुन,

जुनको यात्रा सकिएपछि
सहरको अस्तित्व शुरु हुन्छ ।
तर, तिमीले कति अबुझ प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ००

गाउँमा पो
बेशीबाट दोहोरी गाउँदै,
पराल बोक्नु पर्ने भएकाले
राती राती पर्म खेलेर इ्त्तरिदै
नरुवा काट्न पर्ने भएकाले
वा रोटे र लिङ्गे पिङमा मच्चिदै
माया पिरती साट्नु पर्ने भएकाले
जुन चाहिन्छ, जुनको महत्व छ,।
विजुली बत्तिमा
सर्वाङ्ग नाङ्गो बनाएर आमाको नाच हेर्ने सहरलाई
दोहोरीमा मायाको होइन नोटको गीत गाउने सहरलाई
किन जुन चाहिन्छ र जुनको के महत्व छ र ?
जुन प्रकृति हो कृतिमता विहिन
जुन समता हो अन्याय विहिन

जुनको संसार सकिएपछि
सहरको आकार शुरु हुन्छ ।
तर तिमीले कति निश्चल प्रश्न ग¥यौं
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ००

औंसी पुर्णे बार्नु पर्नेलाई
दश नङ्ग्री खियाएर भोकै बस्नु पर्नेलाई
आदेश पालना गर्नु पर्ने हामी शासितलाई
दलितलाई, उत्पिडितलाई
जुन चाहिन्छ
जुन हाम्रो धर्म हो, जुन हाम्रो देउता हो
जुुन नहुने हो भने
हाम्रा सबै रातहरु अध्यारा हुन्छन् ?
हामी र हाम्रा गोरुहरुले
कहिल्यै विश्राम पाउदैनन्ं ।

रात दिन हर समय उज्यालोमा हुनेलाई
शासनको आदेश दिनेहरुलाई
अघाएकाहरुलाई
जुन किन चाहिन्छ र ?

जुन अभावको सात्वना हो,
जुन दमितको साथी हो,

जुनको आस्था सकिएपछि
सहरको आवश्यकता शुरु हुन्छ ।
तर तिमीले कति मायालु प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’

०० ०० ०० ००

तिम्रो जुन सहरमा छैन
कतै उतै होला
गाउँमा नै खोज ।
सुन, सहरले गिज्याउला है
यो निर्मोहीसँग
जुनको खबर नसोध ।
२०६५ भदौ १० काठमाडौं ।

Monday, August 24, 2009

मेरो गाउँ

अलिकति बैंश नुन खेप्न बेल्टार झरेको छ,
अलिकति बैंश सुन खोज्न अरब पसेको छ ।
मात्र बुढा बुढीहरु रित्ता घर कुरिरहेछन्,
घर कुर्ने नाममा आफ्नै काल कुरिरहेछन् ।

र केही अपाङ्गहरु छन्,
केही असहायहरु छन्,
मेरो गाउँमा,

धेरै पहिला,
समृद्धि खोज्न हिंडेको छाती,
उ बेलैमा,
भविष्य जोगाड गर्न हिंडेको ताँती,
नफर्केको कथा मात्रैछ, गाउँमा,
विछोडको ब्यथा मात्रै छ गाउँमा ।
०० ०० ००
काइला देशीले
पहिल्यै खोरण्डो खुट्टो र डुढो हातमात्र बाँकी राखेर
लडाइमा पाएको बहादुरीको तक्मा बेचेर
मासु खा’को ऋण तिर्नु प¥यो ।
पूलमायाले,
पहिल्यै अनन्त अनिश्चितता र जीवनको एक्लोपना मात्र बाँकी राखेर
बैधव्य कबुल्दै सिउँदो पुछेर आफ्नै
अंग्रेजले ला’को गुन तिर्नु प¥यो ।
खै के बाँकी छ र गाउँमा ?
खै के रह्यो र गाउँमा ?
०० ०० ००
अलिकति पोथी बैंशहरु
पोहोरैमात्र सिमाना काटी सकें
हिन्दुस्थानको बाटो लागी सके
अलिकति भाले बैशहरु
शहरले करप्प चपाइ सके ।
यस्तो भए पछि,
जीवन जे थियो त्यो नभए पछि,
के हुनु र गाउँमा ?
के रहनु र गाउँमा ?
अलिकति अपुत्रो धरती छ, बाझै
अभाव छ, पिडा छ, ताजै,
समृद्धिको सम्झना पनि छ,
धेरै त गतिहिनता छ,
मुर्दा शान्ति छ मेरो गाउँमा
त्यसैले मर्दा मलामी पाइदैन,
बाच्नेको जन्ति जानै पर्दैन ।
०० ०० ००