जुनको सिमाना सकिएपछि
सहरको सिमाना शुरु हुन्छ ।
तर, तिमीले कति निर्दोष प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’
०० ०० ००
ब्ल्याकहोल हो सहर,
छेउमा पर्ने सबै गाउँले बैशलाई
यसले कहिल्यै ननिस्कने गरी निलेको छ
र आºनो हराएको सन्तान पर्खेर बसेको
निरिह र दुःखी गाउँलाई
यसले सधै सधैलाई उपेक्षा पालेको छ ।
सितलतामा पो हुन्छ जुन,
विशालतामा पो हुन्छ जुन,
जुनको यात्रा सकिएपछि
सहरको अस्तित्व शुरु हुन्छ ।
तर, तिमीले कति अबुझ प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’
०० ०० ००
गाउँमा पो
बेशीबाट दोहोरी गाउँदै,
पराल बोक्नु पर्ने भएकाले
राती राती पर्म खेलेर इ्त्तरिदै
नरुवा काट्न पर्ने भएकाले
वा रोटे र लिङ्गे पिङमा मच्चिदै
माया पिरती साट्नु पर्ने भएकाले
जुन चाहिन्छ, जुनको महत्व छ,।
विजुली बत्तिमा
सर्वाङ्ग नाङ्गो बनाएर आमाको नाच हेर्ने सहरलाई
दोहोरीमा मायाको होइन नोटको गीत गाउने सहरलाई
किन जुन चाहिन्छ र जुनको के महत्व छ र ?
जुन प्रकृति हो कृतिमता विहिन
जुन समता हो अन्याय विहिन
जुनको संसार सकिएपछि
सहरको आकार शुरु हुन्छ ।
तर तिमीले कति निश्चल प्रश्न ग¥यौं
‘सहरमा जुनको के खबर छ ?’
०० ०० ००
औंसी पुर्णे बार्नु पर्नेलाई
दश नङ्ग्री खियाएर भोकै बस्नु पर्नेलाई
आदेश पालना गर्नु पर्ने हामी शासितलाई
दलितलाई, उत्पिडितलाई
जुन चाहिन्छ
जुन हाम्रो धर्म हो, जुन हाम्रो देउता हो
जुुन नहुने हो भने
हाम्रा सबै रातहरु अध्यारा हुन्छन् ?
हामी र हाम्रा गोरुहरुले
कहिल्यै विश्राम पाउदैनन्ं ।
रात दिन हर समय उज्यालोमा हुनेलाई
शासनको आदेश दिनेहरुलाई
अघाएकाहरुलाई
जुन किन चाहिन्छ र ?
जुन अभावको सात्वना हो,
जुन दमितको साथी हो,
जुनको आस्था सकिएपछि
सहरको आवश्यकता शुरु हुन्छ ।
तर तिमीले कति मायालु प्रश्न ग¥यौ
‘सहरमा जुनको के खबर छ ?’
०० ०० ०० ००
तिम्रो जुन सहरमा छैन
कतै उतै होला
गाउँमा नै खोज ।
सुन, सहरले गिज्याउला है
यो निर्मोहीसँग
जुनको खबर नसोध ।
२०६५ भदौ १० काठमाडौं ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment