१. नयाँ वर्ष ः
नेपालीहरुको लागि नयाँ वर्ष आम चासोको विषय रहेको छैन । सहरी क्षेत्रमा जनवरीमा मनाइने अंग्रेजी महिनाको नयाँ वर्षले राम्रै स्थान ओगटेको भएपनि नेपाली गाउँहरुमा प्राय ः नयाँ वर्षको कुनै महत्व रहेको देखिदैन । तर जालपामा बैशाख १ गतेको आफनै प्रकारको महत्व स्थापित भइसकको छ । यो दिनलाई जालपाका सबे मानिसहरुले ठुलो पर्वका रुपमा स्वीकार गरेका छन् । यो दिनलाई पर्वका रुपमा मनाउन जालपाका मानिसहरुले धेरै अघिदेखि शुरु गरेका हुन् । हाल यो दिनमा जालपाका मानिहरु उमेर र मन मिल्ने समूह बनाई सुन्दर रुपाकोट लगायत स्थानीय मनोरञ्जन स्थलहरुमा वनभोज जाने र अन्य रमाइलो कार्यहरु गरी नयाँ वर्ष मनाइने गरिन्छ । जालपाको नयाँ वर्ष विशेष स्मरणीय हुने गर्दछ । गएको वर्षका दुःखहरु, खुसीहरु, उपलब्धी र नोक्सानीहरुको समीक्षा गर्ने र आउदो वर्षका लागि जोस जाँगर समेट्ने मुल उद्देश्य रहेको यो नयाँ वर्षको चाडमा मिठो मसिनो खाने, पाहुना पाछा बोलाउने, वनभोज जाने, नाच्ने गाउँने लगायतका मनोरञ्जनात्मक कार्यक्रम अघिल्लो वर्षको मसान्तको बेलुकादेखि १ गते बैशाखको राती पुरै र २ बैशाख विहानसम्म गरिन्छ । अघिल्लो मसान्त बेलुकी सामान्य खानपान र रमाइलो गर्दै रातको १२ बजाइन्छ । रातको १२ वजेको समयमा विशेष समारोह बीचमा पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गरिन्छ । यस अगावै पुरानो वर्षको समीक्षा समाप्त भइसकेको हुन्छ । नयाँ वर्षको स्वागत पछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ । यसपछि नयाँ वर्ष प्रवेशको खुशीयालीमा खाने पिउने गरिन्छ । जालपाको रुपाकोट यस क्षेत्रको सबैभन्दा आकर्षणको क्षेत्र हो, नयाँ वर्षका लागि । यो ठाउँ लगायत जालपामा नयाँ वर्ष मनाउन अन्यत्रबाट आउनेहरुको संख्या उल्लेख्य रहने गरेको छ ।
२. बौद्ध जयन्ती (बुद्ध पूर्णिमा) ः
जालपाका लागि बौद्ध जयन्ति विशेष महत्व राख्ने चाड हो । जालपामा किरात, बौद्ध र हिन्दु धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । यो दिन बौद्ध धर्मावलम्वीहरुले बुद्धको जन्म दिवशका रुपमा मनाउछन् । उनीहरुको लामाले विशेष पुजा आराधना गर्दछन् । किरात र हिन्दु समुदायले भने यो दिन देवीको पूजा आराधना गर्दछन् । जालपामा रहेका सबै देवीहरुको पूजा यो दिन गरिन्छ । किरातहरुको उभौल पर्वको पनि यो दिन नै औपचारिक शुरुआत हुन्छ । उभौली पर्व किरातहरुको सबैभन्दा ठुलो पर्व हो । यस दिन जालपामा देवीको पुजा गरेपछि यो पर्वको औपचारिक शुरुआत हुन्छ । देवीको पुजा ढल्ने वित्तिकै जालपामा बाधा शुरु हुन्छ । बाधा भन्नाले एक प्रकारको निषेध हो । यो बाधा भएको बेला जमिन खनजोत गर्नु हुँदैन । यो बाधा भुमीको पुजा सकेर बालीको पुजा गरेपछि मात्र खुला हुन्छ ।
३. भूमे पुजा ः
भूमे पुजा भनेको जमिनको पुजा हो । साकेला, सकला, साक्केवा आदि नामले पनि यसलाई सम्बोधन गरिन्छ ।यो भुमे पुजा किरात राई समुदायका लागि सबैभन्दा धेरे महत्व राख्ने पुजा हो । बञ्छर (साकेला) नाँच नाँचेर मनाइने यो पर्व नै वास्तवमा किरात राईहरुको मौलिक पर्व पनि हो । यो दिन विशेष समारोह हो जालपाको । विभिन्न ठाउँमा रहेका भुमेथानहरुमा बेग्ला बेग्लै दिन जमिनको पुजा आराधना गरेर भूमेपुजा सम्पादन गरिन्छ । वार्ड नं ८ जालपामा रहेको भूमेथानमा बुद्ध पुर्णिमाका दिन, वार्ड न.९ मा रहेको भुमेथानमा पूर्णिमाको भोलिपल्ट परेवाका दिन, वार्ड नं. ५ मा रहेको भुमेथानमा पूर्णिमाको पर्सिपल्ट अर्थात द्वीतीयाका दिन र खार्मी १, साब्रूमा रहेको भुमेथानमा त्रीतीयाका दिन पुजा हुन्छ भने खार्मीको पुजाको निश्चित दिन पूर्णिमाका दिन गर्ने देवी पूजामा नै निधो गर्ने चलन रहेको छ । जालपा गाविस र यसका छिमेकी गाविसहरुमा गरिने सबै पूजामा मानिसको भिड लाग्ने गर्दछ ।
उभौलीको भूमेपूजा विधिपूर्वक नागिरेले सेउली गाडेर शुरु गरिन्छ । सेउली इसिलिम (एक प्रकारको कटुस) को लिङ्गो गाडेर शुरु गरिन्छ । सेउली गाडेर शिली नाँचेर विधिवत शुरु भएको भूभेपुजा औपचारिक रुपमा पुजाको भोलिपल्ट शिली राखे पछि सकिन्छ । शिली राख्नु भनेको अब अर्को साल विधिपूर्वक पुजा गर्ने बाचाका साथ पुजाको समापन हो ।
भूमेपूजाको दिन बिहानै बाटो खनेर, भूमेथान सफा गरेर पूजाको तयारी गरिन्छ । खासखास पाछाको र खास खास स्थानमा सेउली गाडेको घरमा भेला भई एक ठाउमा फेरि जमघट भएर भूमेथानमा गई पुजा गर्ने गरिन्छ । ढोले र मसुमेहरु साथ धामी, नोक्छो, नागिरेहरुले चोखो जाँड, अदुवा, चामलले पुजा गर्दै भूमेथान ३ पटक परिक्रमा गरी प्रवेश गरिन्छ ।
Monday, September 14, 2009
Friday, September 11, 2009
जालपाको सामान्य चिनारी
नेपालको पूर्वी पहाडमा रहेको खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपाको पहिचान र परिचय एउटा गाविस क्षेत्रमा सिमित नरहेर यसले त्यस भेगका अन्य गाविसको क्षेत्रलाई पनि
समेट्न थालेको छ । जालपाको विकास प्रयास र गरिमा बृद्धिमा त्यसैले यस भेगका जनताको ब्यापक सहभागिता हुन थालेको छ । त्यसो त २०१७ सालमा पञ्चायती ब्यववस्थाको सरुआत भएयता यस गाविसको नाम र आकार पटक पटक परिवर्तन भएको थियो । शुरुमा हंचुर गाविससँग सँगै भएकाले यस गाविसलाई पनि हंचुर नै भनेर चिनिन्थ्यो । २०२४ सालमा हालको जालपा गाविसको सिमाना नै कायम रहेको ससर्का पञ्चायत बनेको थियो । फेरि २०३२ सालमा यो तात्कालीन दारेगौंडा पञ्चायतसँग गाभिएर सप्तेश्वर पञ्चायत बन्यो । लगभग त्यसको छ वर्षपछि २०३८ सालमा मात्र सप्तेश्वर पञ्चायतबाट अलग भएर जालपा पञ्चायत बन्यो । २०४६ को पञ्चायतको अन्त्य पछि हालको जालपा गाविसको रुपमा यो अस्तित्वमा आएको हो । यस जालपा गाविसको नाम वार्ड नं. ५ मा रहेको जालपा देवीको नामबाट यसको नामबाट यस गाविसलाई जालपा नामाकरण गरिएको हो ।
जालपा र यसका छिमेकीहरु ः जालपा गाविसको पूर्व खार्मी गाविस, पश्चिम हंचुर गाविस, उत्तरमा सप्तेश्वर र माक्पा गाविस र दक्षिणमा हंचुर गाविस यसका छिमेकी गाविसहरु हुन् ।
जालपा पञ्चायत कालभरीका प्रधानपञ्च र उपप्रधानपञ्चहरुको नामावली
क्र.सं. प्रधानपञ्च उपप्रधानपञ्च
नाम ठेगाना नाम ठेगाना
१ जनक राई जालपा ५ विक्रमणी राई जालपा ९
२ विक्रमणी राई जालपा ९ कटकबहादुर राई जालपा ३
३ बिक्रमणी राई जलापा ९ कर्मु राई जालपा ९
४ रामबहादुर राई जालपा ९ प्रेमबहादुर राई सप्तेश्वर
५ कुबिर राई जालपा ९ भीमबहादुर राई जालपा ५
६ कुबिर राई जालपा ९ कालीबहादुर राई जालपा ३
श्रोत ः जालपा गाविस २०५७
२०५० को दशक सुरु भइसक्दा समेत खोटाङ जिल्लाको ७६ गाविस मध्ये जालपा गाविस पनि एक हो भनने कुरा पनि थोरै छरछिमेकका मानिसहरुलाई मात्र थाहा थिया । जालपाका मानिसले परिचय दिनु पर्दा खामी, हंचुर, बाक्सिला वा ऐसेलुखर्क मध्ये कुनै एकको नाम लिएर त्यसैको छिमेकमा भन्नु पर्दथ्यो । तर अहिले जालपाले छुट्टै चिनारी निर्माण गर्न सफल भएको छ, जालपा । जालपा आज युवाहरुको एकता र शिक्षितहरुको कर्मथलोको रुपमा परिचित हुन पुगेको छ ।

Subscribe to:
Posts (Atom)